सुरुङभित्र हरेक सेकेन्ड बाँच्नका लागि असम्भव सङ्घर्ष गरेँ : सञ्जय साह
ratopati.com · Mon Sep 14 05:48:22 GMT 2026

सप्तरी । प्राविधिक सञ्जय साहको गाउँमा खुसियाली आएको छ । भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कमा आएका साह गाउँ पुगेपछि स्थानीय खुसी भएका हुन् । त्रिशूली– ३ ‘ए’ आयोजनाको सुरुङबाट १०औँ दिनमा उद्धार गरिएका सप्तरी तिलाठी कोइलाडीका ३० वर्षीय सञ्जय साह आठ दिनको अस्पताल बसाइपछि शुक्रबार साँझ गाउँ पुगेका थिए ।
बाढीमा परेर ९ दिनसम्म सम्पर्कविहीन रहेको साहलाई १०औँ दिन त्रिशूली ३ ‘ए’ सुरुङबाट नेपाली सेनाले उद्धार गरेको थियो । एक हप्तासम्म अस्पतालमा उपचार गराएर आइतबार सप्तरी तिलाठी कोइलाडी गाउँपालिकास्थित घर फर्किएपछि साहलाई परिवारसहित गाउँलेले स्वागत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)