राजधानी जोड्ने राजमार्ग जो समस्यामा मात्रै सम्झिइन्छः दैनिक गुड्थे १०० सवारी, अहिले चल्छन् १५०० बढी
clickmandu.com · Mon Sep 14 05:49:52 GMT 2026

ललितपुर । देशको राजधानी काठमाडौं उपत्यका प्रवेश गर्ने प्रमुख सडक पृथ्वी राजमार्ग अवरुद्ध भएपछि मालवाहक सवारीसाधन (ट्रक र कन्टेनर) को चाप यतिबेला कान्ति लोकपथमा छ । हेटौँडाबाट मालवाहक र यात्रुवाहक सवारीसाधन त्रिभुवन राजपथ हुँदै काठमाडौं भित्रिने र काठमाडौंबाट खाली सवारीसाधन कान्ति लोकपथ हुँदै हेटौँडा पुग्ने व्यवस्था गरिएको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरेपछि पृथ्वी राजमार्गको काठमाडौं–मुग्लिन सडक पूर्णरुपमा अवरुद्ध छ । वैकल्पिक ‘ट्र्याक’ खुले पनि सञ्चालन र यातायात सहज बन्न अझै समय लाग्ने देखिन्छ । यो सङ्कटको सारथि कान्ति लोकपथ बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)