मधेशमा स्वास्थ्य सेवा प्रभावित
gorkhapatraonline.com · Mon Sep 14 05:51:43 GMT 2026

मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा रोक लगाएपछि सेवा पनि प्रभावित हुन थालेको छ । चालु आर्थिक वर्षको दुई महिना बित्न लाग्दासमेत अस्थायी दरबन्दी स्वीकृत हुने वा नहुने टुङ्गो नलाग्दा स्वास्थ्यकर्मीको कामको निरन्तरता र स्वास्थ्य संस्थाको सेवा प्रवाहबारे अन्योल भएको हो ।
मधेश प्रदेश सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत असार मसान्तसम्म अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई चालु आव २०८३/८४ का लागि अस्थायी दरबन्दी मधेश प्रदेश सरकारको मन्त्रीपरिषद्बाट स्वीकृत भएर नआएसम्म कामकाजमा नखटाउन तथा हाजिर नगराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)