गगन थापा भन्छन् - नेपाली महिलाको भावना र आस्थाको धरोहर तीज
hamrakura.com · Mon Sep 14 00:00:00 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न धर्म, संस्कृति, संस्कार र परम्पराले सम्पन्न मुलुक भएको उल्लेख गर्दै चाडपर्व केवल उत्सवका अवसर मात्र नभई पुस्तौँदेखि सामाजिक जीवन, पारिवारिक सम्बन्ध र सांस्कृतिक पहिचानलाई जोड्ने माध्यमका रूपमा रहेको बताएका छन् ।
“चाडपर्वले विविधता बीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ, हाम्रा चाडपर्वले नेपाली समाजको सांस्कृतिक मौलिकता, पारिवारिक सम्बन्ध र सामाजिक सद्भावलाई मज्बुद बनाउँदै आएका छन्,” सभापति थापाले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)