सुकुम्बासी, दलित र महिलालाई दुत्कार्ने व्यवस्थालाई लोकतन्त्र भन्न सकिँदैन– जनार्दन शर्मा
setopati.com · Fri May 29 11:18:00 GMT 2026

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले सुकुम्बासी, दलित र महिलालाई दुत्कार्ने व्यवस्थालाई लोकतन्त्र भन्न नसकिने धारणा राखेका छन्। १९ औं गणतन्त्र दिवसका अवसरमा शुभकामना दिँदै उनले लोकतन्त्र केवल शब्द मात्र नभई, यो विचार, संस्कृति, स्वतन्त्रता र अधिकारको समायोजन पनि भएको बताएका हुन्।
‘लोकतन्त्र केवल शब्द मात्र होइन; यो विचार, संस्कृति, स्वतन्त्रता र अधिकारको समायोजन पनि हो। उत्पीडनमा पारिएका निमुखा जनता, गरिब किसान, सुकुम्बासी, दलित र महिलालाई दुत्कार्ने व्यवस्थालाई लोकतन्त्र भन्न सकिँदैन। आवधिक निर्वाचन र त्यसबाट प्राप्त हुने परिणामले मात्र लोकतन्त्रको पूर्णता हुँदैन; त्यसभन्दा महत्त्वपूर्ण कुरा सरकार, संसद् र जनप्रतिनिधिहरू जनताप्रति उत्तरदायी हुनु हो,’ उनले भनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)