कृष्णभीर खण्डमा असोज १ गतेदेखि दुईतर्फी सवारी सञ्चालन गर्ने सडक विभागको तयारी
ratopati.com · Mon Sep 14 06:07:00 GMT 2026

काठमाडौँ । भोटेकोशी बाढीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक विभागले असोज १ गतेदेखि सबै सवारीसाधनका लागि दुईतर्फी सडक सञ्चालन गर्ने तयारी गरेको छ।
सडक विभागका योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शुभराज न्यौपानेका अनुसार कृष्णभीरमा सडक खुलाउने कामको परीक्षण सफल भए पनि अझै ग्राभेल, सतहगत निकास (सब–सर्फेस ड्रेनेज) तथा पहिरोको सक्रिय क्षेत्रमा पानी निकासका लागि फ्रेन्च ड्रेन र होरिजोन्टल ड्रिलिङको काम गर्न बाँकी छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)