भोटेकोशी बाढीले कृषिमा एक अर्बभन्दा बढीको क्षति, राहतभन्दा पुनःस्थापनाको चुनौती ठूलो
aarthiknews.com

काठमाडौं। रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले कृषि क्षेत्रमा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन (आरएनडिएन) प्रतिवेदनले बाढीबाट धान, तरकारी तथा पशुपन्छी क्षेत्रमा ठूलो क्षति पुगेको देखाएको हो।
बाढीबाट प्रभावित विभिन्न स्थानीय तहमा धान खेतीतर्फ मात्रै १ हजार ६६९ हेक्टर क्षेत्र प्रभावित भएको छ। त्यसबाट करिब ५ हजार ८४३ टन धान उत्पादनमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)