मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने
nagariknews.nagariknetwork.com · Fri May 29 11:29:30 GMT 2026

सरकारले मुग्लिनदेखि आँबुखैरेनी सडक निर्माण सुरु गर्ने भएको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३।८४ को बजेट प्रस्तुत गर्नुहुँदै मुग्लिनदेखि आँबुखैरेनी सडक निर्माण सुरु गर्ने बताए।
मुग्लिनदेखि आँबुखैरेनीसम्म सडक निर्माणका लागि गोरखातर्फबाट सडक निर्माण गर्ने योजना छ। यस खण्डमा मस्र्याङ्दी नदी पारिपट्टि गोरखा जिल्लामा कुल ४।४५६ किलोमिटर नयाँ सडक निर्माण गर्न लागिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)