सिद्धबाबा मन्दिरमा भक्तजनहरूको भीड (तस्बिरहरू)
ratopati.com · Mon Sep 14 06:19:22 GMT 2026

बुटवल । हरितालिका तीजका अवसरमा बुटवल र आसपासका मन्दिरमा व्रतालु भक्तजनको भीड लागेको छ । पाल्पाको तिनाउ गाउँपालिकास्थित प्रसिद्ध सिद्धबाबा मन्दिरमा पनि बिहानैदेखि भक्तजन लाइनमा छन् ।
तीजको व्रत बसेका महिला तथा अन्य भक्तजन भगवान् शिवको पूजा तथा दर्शनका लागि बिहानैदेखि मन्दिर पुगेका छन् । मन्दिर परिसरमा भक्तजनको बाक्लो उपस्थिति छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)