पार्टी एकढिक्का नहुँदासम्म वडा अधिवेशनमा सहभागी नहुन कांग्रेस बैतडीका पूर्वसभापतिहरूको आग्रह
onlinekhabar.com · Mon Sep 14 06:18:43 GMT 2026

२९ भदौ, काठमाडौं । नेपाली कांग्रेस बैतडीका पूर्वसभापतिहरूले पार्टी एकढिक्का नहुँदासम्म वडा अधिवेशनलगायतका गतिविधिमा सहभागी नहुन आग्रह गरेका छन् ।
बैतडीका चार पूर्वसभापतिहरूले सोमबार संयुक्त विज्ञप्ति जारी गरेर पार्टी एकढिक्का नहुँदासम्म वडा अधिवेशनलगायतका गतिविधिमा सहभागी नहुन आग्रह गरेका हुन् । ‘पार्टी एकढिक्का नहुँदासम्म एकतर्फी रुपमा अघि बढाइने भनिएका वडा अधिवेशनलगायतका गतिविधिमा सहभागी नहुन नेपाली कांग्रेस बैतडीका सम्पूर्ण क्रियाशील सदस्य साथीहरूमा हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)