बालेनलाई प्रधानमन्त्री बनाउन अमेरिकाको हात रहेको ‘द ग्रेजोन’को रिपोर्ट
barnanmedia.com · Mon Sep 14 06:13:03 GMT 2026

अमेरिकी अनलाइन मिडिया The Grayzone ले नेपालका प्रधानमन्त्री बालेन शाहको राजनीतिक उदयमा अमेरिकी वित्तपोषित कार्यक्रमहरूको भूमिका रहेको दाबी गरेको छ। रिपोर्टले केही लिक भएका भनिएका दस्तावेजलाई आधार बनाउँदै नेपालमा नयाँ तथा युवा नेतृत्व पहिचान, विकास र नेटवर्क निर्माणका लागि अमेरिकी सहयोगमा विभिन्न कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरेको छ।
रिपोर्टअनुसार अमेरिकी सहयोगसँग जोडिएको ‘नीति संवाद’ (Niti Sambad) कार्यक्रममार्फत युवा नेतृत्व, नागरिक समाजका प्रतिनिधि तथा नयाँ राजनीतिक व्यक्तित्वलाई नीतिगत छलफल, नेतृत्व विकास र नेटवर्क निर्माणमा सहभागी गराइएको थियो। द ग्रेजोनले बालेन शाहसहित केही उदीयमान व्यक्तिलाई त्यस्ता दस्तावेजमा प्रभावशाली नयाँ नागरिक नेतृत्वका रूपमा पहिचान गरिएको दाबी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)