गाई तार्न महाकाली पसेका जित दमाई बगे, खोजी जारी
kendrabindu.com · Mon Sep 14 06:32:00 GMT 2026

कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीमा बगेर एक जना बेपत्ता भएका छन्। दोधाराचाँदनी नगरपालिका–४ मालिका टोलका ५० वर्षीय जित दमाई सोमबार बिहान नदीमा बगेपछि बेपत्ता भएका हुन्।
प्रहरीका अनुसार बिहान करिब साढे ९ बजे वडा नम्बर ४ अन्तर्गत महाकाली नदीको टापुमा गाई तार्ने क्रममा दमाई नदीको तीव्र बहावमा बगेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)