नेकपाको अधिवेशन कार्यतालिका प्रभावित
ratopati.com · Mon Sep 14 06:49:43 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पूर्व निर्धारित एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ । नेकपाको वैशाखमा सम्पन्न केन्द्रीय कार्यसंयोजन समितिको बैठकले मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
बैठकको निर्णय अनुसार यही असार साउन मसान्तसम्म पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण अभियान सञ्चालन गर्ने भनिएको थियो । यसैगरी भदौ १५ सम्म वडा, भदौ १६ देखि मसान्तसम्म पालिका, असोज मसान्तसम्म जिल्ला र कात्तिक १५ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । तर, अहिलेसम्म महाधिवेशन तालिका अनुसार काम हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)