नेपाल ल्युब आयलले १५ प्रतिशत बोनस सेयर दिने
bishowkhabar.com · Mon Sep 14 07:07:51 GMT 2026

काठमाडौं — नेपाल ल्युब आयल लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ६.०५६४ प्रतिशत नगद लाभांश दिने भएको छ ।
कम्पनीको भदौ २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ । कम्पनीले असोज १९ गते वार्षिक साधारण सभा बोलाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)