कांग्रेसको निर्णयपछि देउवा निकट नेताहरूको छलफल
kendrabindu.com · Mon Sep 14 07:14:19 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई वर्तमान केन्द्रीय समितिमा समेट्ने निर्णय गरेपछि पूर्वसभापति शेरबहादुर देउवा निकट नेताहरूले छलफल गरेका छन्।
देउवा निवासमा आफूहरूबीच अनौपचारिक छलफल भएको नेता प्रकाशशरण महतले जानकारी दिए। पार्टीको पछिल्लो निर्णयबारे आफ्नो समूहको धारणा सार्वजनिक गर्न सोमबार दिउँसो ४ बजे चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)