हालान्डको गोललाई मान्यता दिने निर्णय गलत रहेको ‘प्रो रेफ’ को स्वीकारोक्ति
onlinekhabar.com · Mon Sep 14 07:10:09 GMT 2026
२९ भदौ, काठमाडौं । आइतबार राति भएको म्यान्चेस्टर डर्बीमा एर्लिङ हालान्डको विजयी गोललाई मान्यता दिने निर्णय गलत भएको भन्दै प्रिमियर लिग रेफ्री निकाय ‘प्रो रेफ’ ले गल्ती स्वीकार गरेको छ ।
ओल्ड ट्राफर्डमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई १–० ले हराएको खेलमा हालान्डले ६०औं मिनेटमा गरेको गोल सुरुमा अफसाइडका कारण अस्वीकार गरिएको थियो । तर भिडियो सहायक रेफ्री (भीएआर) को हस्तक्षेपपछि गोललाई मान्यता दिइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)