वेश्यागमनको प्रचार गरेको आरोपमा युवक पक्राउ
ratopati.com · Mon Sep 14 07:19:13 GMT 2026

काठमाडौँ । सामाजिक सञ्जालमार्फत वेश्यागमनको प्रचार गर्ने भिडियो पोस्ट गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको फिदिम नगरपालिका–३ घर भएर काठमाडौँ महानगरपालिका–२६ स्थित नयाँ बसपार्क बस्दै आएका २४ वर्षीय सरोज लामा छन् ।
भदौ २७ मा पक्राउ गरेर आरोपीमाथि वेश्यागमनको प्रचार गर्न नहुने कसुरमा प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ । आरोपीले विभिन्न मूल्यमा ‘केटी मिलाइदिन्छु’ भनेर भिडियो बनाउँदै पोस्ट गरेको भेटिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)