फिल्म ‘रातो घेरा’ को छायाङ्कन सकियो
ratopati.com · Mon Sep 14 07:25:03 GMT 2026

काठमाडौँ । फिल्म ‘रातो घेरा–द रेड सर्कल’ को छायाङ्कन सकिएको छ । आइतबार बानेश्वरस्थित मण्डला थिएटरमा फिल्मको इन्डक्ल्याप गरिएको हो । फिल्मका निर्देशक अनिल बुढामगर हुन् ।
सामाजिक यथार्थ, मानवीय सम्बन्ध र रहस्यको कथा केन्द्रमा राखिएको फिल्ममा दयाहाङ राई, मिरुना मगर, सुनिल पोखरेल, भोलाराज सापकोटा, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, शेखर चापागाईँ, डी.बी. गुरुङ, बलबहादुर गुरुङ, इन्गी हाप्पो सुनुवार, सुरज तमु, खड्गबहादुर पुन (खबपु), अरुण पुनमगर, सुस्मिता कुँवर, रामबाबु रेग्मी, भावना खपाङ्गी मगर, उमेश सोनम, विजया पौडेल, सुभाषप्रसाद गजुरेल, सुवाससिंह ठकुरी, सञ्जयकुमार, रमिकसिंह ठकुरी र सुनिल तामाङको अभिनय छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)