भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता
khabarhub.com · Mon Sep 14 07:24:17 GMT 2026

वेलिङ्गटन- प्यासिफिक टापु राष्ट्र भानुआटुको समुद्री क्षेत्रमा यात्रु डुङ्गा डुब्दा ३० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन् । अधिकारीहरूले बेपत्ताको खोजी तथा उद्धार कार्य सोमबार पनि जारी राखेका छन् । एमभी माटुई नामक डुङ्गा शुक्रबार ४७ जना यात्रुसहित अम्बाई र सान्टो टापुबीच यात्रा गरिरहेका बेला डुबेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
सप्ताहन्तमा उद्धारकर्मीहरूले समुद्रबाट १५ जनालाई जीवितै उद्धार गरेको प्रधानमन्त्री कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । दुर्घटनामा एक जनाको शवसमेत फेला परेको छ भने ३० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेको विज्ञप्तिमा जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)