स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्ड यूकेबाट अलग हुन लागेका हुन् ?
lokaantar.com

स्कटल्याड, वेल्स र उत्तरी आयरल्याण्डका शीर्ष नेताहरू सोमबार वेल्सको राजधानी कार्डिफमा एक महत्त्वपूर्ण बैठकका लागि एकजुट हुँदैछन् । यी तीनवटै क्षेत्रका मागहरू आ-आफ्नै किसिमका छन्, तर सबैले यूकेको वर्तमान राजनीतिक व्यवस्थामा ठूला र आधारभूत परिवर्तनको चाहना राखेका छन् ।
बैठकमा यी तीनवटै क्षेत्रका प्रथम मन्त्रीहरूले जनतालाई आफ्नो भविष्य आफैँ तय गर्ने अधिकार दिनुपर्ने विषयमा एक साझा वक्तव्य जारी गर्ने तयारी गरेको छ । वक्तव्यमा आवश्यकताअनुसार स्वतन्त्रता वा यूकेबाट अलग हुने जस्ता ठूला निर्णयहरूमा जनमत संग्रह गराउने सम्भावनासमेत समेटिन सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)