युक्रेनमा वरिष्ठ विदेशी अधिकारीहरू सवार कूटनीतिक रेल छुटेलगत्तै रुसी ड्रोन आक्रमण
annapurnapost.com · Mon Sep 14 07:20:42 GMT 2026

काठमाडौं : युक्रेनको पोल्यान्ड सीमाना नजिक रुसी ड्रोनले एउटा रेलमा आक्रमण गरेको छ । आइतबार आक्रमण हुनुभन्दा केही समयअघि मात्रै बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोन्सन,स्विडेनका पूर्वप्रधानमन्त्री कार्ल बिल्ट तथा विभिन्न युरोपेली सङ्घ सदस्य राष्ट्रका सुरक्षा सल्लाहकारहरू कूटनीतिक रेलमार्फत यात्रा गरिरहेको युक्रेनको सरकारी रेल सेवा कम्पनीले जनाएको छ ।
उनीहरू युक्रेनको राजधानी किएभमा आयोजित सुरक्षा सम्मेलनमा सहभागी भएर फर्किने क्रममा थिए । रेल सेवा कम्पनीका अनुसार कूटनीतिक रेलले निर्धारित समयभन्दा केही अगावै याहोदिन स्टेसन छाडेको थियो। त्यसको केही समयपछि त्यही क्षेत्रमा ड्रोन आक्रमण भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)