उपसभापतिमा पराजित तोसिमाले भनिन्- पार्टीको आवाज हुँ, रहिरहनेछु
nepalpress.com · Sat Jun 27 11:18:58 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले आफू पार्टीको आवाज भएर रहिरहने बताएकी छन्। उपसभापतिमा सोविता गौतमसँग पराजित भएकी कार्कीले बलियो सङ्गठन, निडर नेतृत्व र स्पष्ट विचार सधैँ बोकिरहने बताएकी छन्।
उनले भनेकी छन्, ‘सुरुवाती दिनदेखि क्रमशः पार्टीमा जोडिँदै पार्टी निर्माण तथा सबलीकरणको यात्रामा दिन रात सङ्घर्ष र योगदान दिनुभएका तपाई घण्टीमित्रहरु सबैलाई सम्झन चाहन्छु। बलियो सङ्गठन, निडर नेतृत्व र स्पष्ट विचार सधैँ बोकिरहनेछु। महाधिवेशनको यो यात्रामा तपाईँहरूको अथाह माया, साथ र विश्वासको साक्षी हुन पाउनु मेरो लागी गर्वको कुरा हो। पार्टीको आवाज हुँ। रहिरहनेछु।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)