कर्णालीवासीको काल, सडक सञ्जाल
annapurnapost.com · Mon Sep 14 07:30:57 GMT 2026

वीरेन्द्रनगर : कर्णाली विकासका मुख्य पूर्वाधार नै सडक हुन्। यहाँका गाउँ–गाउँमा सडक पुगेका छन्, सवारीसाधनको पहुँच बढेको छ, दुर्गम बस्तीहरू बजारसँग जोडिएका छन्। तर, सडक विस्तारसँगै दुर्घटनाको जोखिम भने भयावह छ। बर्सेनि हुने दुर्घटना र त्यसबाट हुने मानवीय क्षतिले कर्णालीको सडक सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ। अर्थात्, कर्णालीवासीका लागि सडक सञ्जाल नै ‘काल’ बन्ने गरेका छन्।
शनिबारमात्र सल्यानको त्रिवेणी गाउँपालिका–५ सिम्खमा जिप दुर्घटना भयो। दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा गरी ३ जनाको ज्यान गयो। आइतबार पनि रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा जिप दुर्घटना भएको थियो। उक्त दुर्घटनामा २ जनाको घटनास्थलमै ज्यान गएको थियो। ११ जना घाइते भए (जसमा ४ जना गम्भीर घाइते छन्)।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)