सवारी साधन तथा यातायात क्षेत्रमा १२ अर्ब ९० करोडको भौतिक क्षति
ratopati.com · Mon Sep 14 07:43:39 GMT 2026

काठमाडौँ । भोटेकोशीमा आएको बाढीले सवारी साधन तथा यातायात क्षेत्रमा १२ अर्ब ९० करोडको भौतिक क्षति भएको छ । बाढीले उत्तरी छिमेकी मुलुक चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी भन्सार र सडकमा रहेका सवारी साधन तथा यातायात क्षेत्रमा ठुलो क्षति पुर्याएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण द्वारा सार्वजनिक गरिएको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदन अनुसार बाढीका कारण रसुवागढी भन्सार कार्यालयका भौतिक संरचना ध्वस्त हुँदा भन्सार पासका लागि ल्याएका सवारी साधन र अन्य सडकमा गुडिरहेका समेत गरी मात्रै झन्डै १३ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)