भोटेकोशी हिमबाढीको १९ औँ दिन, ढुङ्गे बजार क्षेत्र (फोटोफिचर)
gorkhapatraonline.com · Mon Sep 14 07:48:34 GMT 2026

रसुवामा भाद्र १० गते आएको बाढीको १९ औँ दिन नुवाकोटको देवीघाट र ढुङ्गे बजार क्षेत्र अझै तङ्ग्रिन सकेको छैन । बाढीका कारण घर तथा पसलमा थुप्रिएको बालुवा, ढुङ्गा र माटो स्थानीयहरू आफैँ सफा गरिरहेका छन्।
कोही घरभित्र पसेको लेदो र माटो हटाइरहेका छन् भने कोही बाढीले पुरिएका तथा बगाउन नसकेका सामान खोजिरहेका छन्। बाढीले घर, पसल, सडक तथा अन्य भौतिक संरचनामा ठुलो क्षति गरेको छ। बाढी आएको १९ दिन बितिसक्दा पनि प्रभावित क्षेत्रमा क्षतिको व्यवस्थापन हुन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)