‘हिमाल द्रुत गतिमा पग्लिँदै, खतरनाक विन्दु नजिकिँदै’
baahrakhari.com · Mon Sep 14 07:48:35 GMT 2026

काठमाडौं । हिमनदी तीव्र गतिमा पग्लिनु, हिमताल अस्थिर बन्दै जानु र अनुगमन कमजोर हुनुका कारण हिमालय क्षेत्र गम्भीर जोखिमको विन्दुतर्फ अघि बढिरहेको नयाँ अनुसन्धानले देखाएको छ । ग्लोबल कन्सल्टेन्सी सिस्टमिकले इन्टिग्रेटेड माउन्टेन इनिसिएटिभको सहकार्य तथा इसिमोड र जिबी पन्त नेसनल इन्स्टिच्युट अफ हिमालयन इन्भाइरोन्मेन्टको प्राविधिक योगदानमा तयार पारेको रिपोर्टमा यस्तो निष्कर्ष निकालिएको हो ।
रिपोर्टअनुसार, हिमालय तथा कराकोरमका हिमनदीले एक दशकअघिको तुलनामा अहिले ६५ प्रतिशत बढी तीव्र गतिमा आफ्नो भार गुमाइरहेका छन् । तर, अनुमानित ४० हजार हिमनदीमध्ये करिब २१ वटाको मात्र विस्तृत र निरन्तर अनुगमन भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)