गगनको प्रस्ताव देउवा पक्षबाट अस्वीकार, रणनीति सार्वजनिक गर्न आजै ४ बजे चुनदेवीमा पत्रकार सम्मेलन
nepallive.com · Mon Sep 14 08:00:38 GMT 2026

काठमाडौँ– नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा समावेश गर्ने सभापति गगन थापाको अध्यक्षतामा आइतबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आह्वानलाई निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अस्वीकार गर्ने भएको छ।
देउवा निवास महाराजगञ्जमा सोमबार बसेको उनी पक्षीय नेताहरूको बैठकले यस्तो अडान राखेको हो। यसबारे जानकारी दिन सोमबार ४ बजे चुनदेवीमा पत्रकार सम्मेलन गरिने सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)