३९ वर्षदेखि छोरालाई पर्खिरहेकी चपलादेवी
ekantipur.com · Tue Feb 11 16:54:44 GMT 2025

राजविराज — २०४२ असार ६ । राजदरबार र राष्ट्रिय पञ्चायतमा बम विस्फोट गरेको आरोपमा घटनाको भोलिपल्ट सप्तरीको तिलाठीस्थित घरबाट प्रक्राउ परे, साकेतचन्द्र मिश्र । त्यसपछि प्रहरीले उनलाई कहाँ लग्यो र के गर्यो अहिलेसम्म प्रस्ट छैन । पञ्चायतविरोधी आन्दोलनमा जुझारु योद्धा साकेतचन्द्र कहाँ छन् ? उत्तर कसैसँग छैन । छ त मात्र आमा चपलादेवीसँग ३९ वर्षको सकसपूर्ण पर्खाइका कथा ।
त्यतिबेला साकेतसँगै पक्राउ परेकाहरूले उनको हिरासतमै हत्या भएको अनुमान सुनाउँछन् । तर हत्यापछि उनको शव के गरियो ? वा हत्या नै गरिएको हो भन्ने स्पष्ट प्रमाण पनि साकेतको परिवारसँग छैन । साकेतले पञ्चायतविरुद्ध गरेको क्रान्तिको नेतृत्व गरेको दल कांग्रेस पटक-पटक सत्तामा पुग्यो । तर अहिलेसम्म न साकेतको अवस्था सरकारले प्रस्ट पारेको छ न उनको निधन भएको स्वीकार गरी सहिद घोषणा गरेको छ । ‘पञ्चायतविरुद्ध लागेकै कारण मेरो छोरा सिध्याए कि,’ ९० वर्षीया चपलादेवी भन्छिन्, ‘यो ३९ वर्षमा छोराको अवस्थाबारे कसैले केही भनेनन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)