चिलिमे टनेलमा रातभर उद्धार कार्य [भिडियो]
hamrakura.com · Mon Sep 14 00:00:00 GMT 2026

रसुवा । रसुवाको चिलिमे टनेल क्षेत्रमा फसेकाहरूको खोजी तथा उद्धारका लागि रातभर काम जारी राखिएको छ । उद्धार टोलीले रातभर पनि टनेल नजिक जम्मा भएको लेदो, माटो तथा भग्नावशेष हटाउने कामलाई निरन्तरता दिएको हो ।
एक्साभेटरलगायतका उपकरण प्रयोग गरी टनेल प्रवेश गर्ने बाटो खुलाउने प्रयास भइरहेको छ । प्रतिकूल अवस्था र ठूलो मात्रामा जम्मा भएको भग्नावशेषका बीच उद्धार टोलीले रातदिन नभनी काम गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)