माइत जाने क्रममा निस्ती खोलामा बगेकी कल्पनाको शव भेटियो
kendrabindu.com · Mon Sep 14 08:45:00 GMT 2026

गुल्मी । गुल्मीमा निस्ती खोलाले बगाएर बेपत्ता भएकी २९ वर्षीया कल्पना पुनको शव करिब १९ घण्टापछि फेला परेको छ।
मुसिकोट नगरपालिका–इन्द्रेगौंडाकी पुन आइतबार साँझ करिब ५ बजे मुसिकोट नगरपालिका र इस्मा गाउँपालिकाको सीमामा पर्ने निस्ती खोला तर्ने क्रममा बगेकी थिइन्। त्यसपछि स्थानीय र प्रहरीले उनको खोजी सुरु गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)