मृत्युको मुखबाट फर्किएका सञ्जय गाउँ पुग्दा परिवारले केक काटेर गरे स्वागत
kendrabindu.com · Mon Sep 14 08:49:26 GMT 2026

सप्तरी । भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा १० दिनसम्म फसेर उद्धार गरिएका सप्तरीका सञ्जय साह गाउँ फर्किएपछि परिवार र स्थानीयमा खुसी छाएको छ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका ३० वर्षीय प्राविधिक साहलाई बाढी आएको दिनदेखि नौ दिनसम्म सम्पर्कविहीन भएपछि १०औँ दिन नेपाली सेनाले सुरुङबाट उद्धार गरेको थियो। उद्धारपछि अस्पतालमा उपचार गराएका उनी शुक्रबार साँझ गाउँ पुगेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)