हिमबाढीले क्षतिग्रस्त जहरे सवस्टेशन पुनः सुचारु
gorkhapatraonline.com · Mon Sep 14 08:50:35 GMT 2026

बाढीका कारण डुबानमा परी क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा आएको छ। भदौ १० गतेको भोटेकोशी हिमबाढीले जहरेखेतस्थित सबस्टेसनमा १० फिटसम्म लेदोहितको पानी जम्दा विद्युत् उपकरण तथा संरचनामा क्षति पुगेको थियो।
नेपाल विद्युत् प्राधिकरणले जनशक्ति, उपकरण र आवश्यक सामग्री परिचालन गरी तीव्र गतिमा मर्मत तथा पुनःस्थापनाको काम अघि बढाएको थियो। भदौ २८ गते दिउँसो २ बजेदेखि सबस्टेसन पुनः सञ्चालनमा ल्याइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)