बाढीपहिरोपीडितलाई एनआरएनए अस्ट्रेलियाको ४५ लाख सहयोग
baahrakhari.com · Sat Aug 29 00:53:00 GMT 2026

सिड्नी । अस्ट्रेलियामा रहेका नेपालीले देशमा हालैको बाढीपहिरोपीडितलाई राहतका निम्ति सहयोग जुटाएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले ४१ हजार ९३ अस्ट्रेलियन डलर अर्थात् करिब ४५ लाख १२ हजार ७३९ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको हो ।
विभिन्न नेपाली समुदाय तथा संघसंस्थासँगको सहकार्यमा सञ्चालन गरिएको आपत्कालीन गोफन्डमी अभियानमार्फत उक्त रकम संकलन भएको एनआरएनए अस्ट्रेलियाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)