नेपालगन्जमा एथरको १५औँ एक्सपेरियन्स सेन्टर विस्तार, शून्य ब्याजदेखि विशेष अफरसम्म
ajakoartha.com · Mon Sep 14 09:07:00 GMT 2026

काठमाडौं- एथर नेपालले पश्चिम नेपालको विद्युतीय मोबिलिटी बजारलाई लक्षित गर्दै नेपालगन्जमा आफ्नो १५औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ । नेपालगन्जको बसपार्क रोड, न्यु रोड–२ मा स्थापना गरिएको नयाँ सेन्टरमार्फत ग्राहकले एथरका विद्युतीय स्कुटर, प्रविधि, टेस्ट राइड तथा बिक्रीपछिको सेवाबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन् ।
नेपालगन्जमा नयाँ सेन्टर सञ्चालनमा आएसँगै एथरको एक्सपेरियन्स सेन्टर सञ्जाल काठमाडौं, पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, बिर्तामोड, वीरगन्ज, धरान र विराटनगरलगायत प्रमुख शहरमा विस्तार भएको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)