जेडी भान्सलाई समर्थन गर्न अझै तयार भएनन् ट्रम्प
hamrakura.com · Mon Sep 14 00:00:00 GMT 2026

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति जेडी भान्सलाई समर्थन गर्ने विषयमा तत्काल कुनै निर्णय नगरेको बताएका छन्।
आयरल्यान्डको श्याननमा एयर फोर्स वनमा चढ्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पलाई सन् २०२८ को राष्ट्रपतीय दौडका लागि भान्सलाई समर्थन गर्न तयार हुनुहुन्छ कि भनेर प्रश्न गरिएको थियो। जवाफमा उनले अहिले नै यसबारे निर्णय गर्नु हतार हुने बताएका छन्। ‘अहिले नै यसबारे निर्णय गर्नु चाँडो हुनेछ,’ ट्रम्पले भने।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)