तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी
barnanmedia.com · Mon Sep 14 09:48:34 GMT 2026

तीजका अवसरमा आराध्यदेव भगवान् श्री पशुपतिनाथ मन्दिरमा आज भक्तजनको चाप बढेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
बिहान नौ बजेसम्म झक्तजन सीमित मात्रामा थिए । १० बजेपछि क्रमशः चाप बढेको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले राससलाई जानकारी दिनुभयो । बिहान आधा घण्टामै दर्शन गरेर फर्कन सकिने अवस्था थियो । बिहान १० बजेसम्म लाममा बसेको आधा घण्टामै दर्शन गरेर भक्तजन फर्किएका थिए । बिहान १० बजेपछि लाम बस्नुपर्ने अवस्था रहेको ललितपुर चापागाउँबाट आउनुभएकी दर्शनार्थी रञ्जिता शर्माले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)