पशुपतिनाथमा बिहान १० बजेपछि महिला दर्शनार्थीकाे थामिनसक्नुकाे भिड
ratopati.com · Mon Sep 14 09:57:17 GMT 2026

काठमाडौँ। तीजका अवसरमा आराध्यदेव भगवान् श्री पशुपतिनाथ मन्दिरमा साेमबार भक्तजनको चाप बढेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
बिहान ९ बजेसम्म भक्तजन सीमित थिए । १० बजेपछि क्रमशः चाप बढेको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए। बिहान आधा घण्टामै दर्शन गरेर फर्कन सकिने अवस्था थियो । बिहान १० बजेसम्म लाममा बसेको आधा घण्टामै दर्शन गरेर भक्तजन फर्किएका थिए । बिहान १० बजेपछि लाम बस्नुपर्ने अवस्था रहेको ललितपुर चापागाउँबाट आएकी दर्शनार्थी रञ्जिता शर्माले बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)