बाढी प्रभावितको पुनःस्थापनामा स्रोतको कमी हुँदैन, सुरक्षित स्थानमा 'वैज्ञानिक बस्ती' बसाउँछौं : प्रधानमन्त्री शाह
nepalsamaya.com · Mon Sep 14 09:59:57 GMT 2026

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि स्रोतसाधनको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलका क्रममा उनले पुनःस्थापनाका लागि सरकारले आन्तरिक स्रोतका साथै दातृ निकायहरूले उपलब्ध गराएको सहायता रकमसमेत अधिकतम प्रयोग गर्ने तयारी गरिरहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)