असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान
canadanepal.com · Mon Sep 14 09:55:50 GMT 2026

गण्डकी - लामो प्रतीक्षापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ। दुबईबाट पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज ७ गते (सेप्टेम्बर २३) साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने तालिका सार्वजनिक भएको छ।
पहिलो उडानका अवसरमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पानीको फोहोरा (वाटर सलुट) सहित फ्लाइ दुबईको जहाज र यात्रुलाई स्वागत गरिने विमानस्थलले जनाएको छ। पोखरा अवतरणपछि सोही जहाजले साँझ ७ः१५ बजे यात्रु लिएर दुबईका लागि प्रस्थान गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)