सौराहा भ्रमणमा प्रधानमन्त्री बालेन्द्र शाह
barnanmedia.com · Mon Jun 22 10:46:32 GMT 2026

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह सोमबार पर्यटकीय नगरी सौराहा पुगेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन चितवन आएका उनी परिवारसहित सौराहा भ्रमणमा पुगेका हुन्।
सौराहामा प्रधानमन्त्री शाहले चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत रहेको हात्ती प्रजनन केन्द्रको अवलोकन गरेका छन्।अवलोकनका क्रममा उनले हात्ती संरक्षण, प्रजनन प्रक्रिया, व्यवस्थापन प्रणाली तथा पर्यापर्यटनसँग यसको सम्बन्धबारे विस्तृत जानकारी लिएको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)