ऊर्जा संकटबीच अमेरिकामा जी-२० बैठक, इरान युद्धले विश्वव्यापी इन्धन बजारमा दबाब
barnanmedia.com · Mon Sep 14 10:00:10 GMT 2026

विश्वव्यापी ऊर्जा बजारमा अनिश्चितता बढिरहेका बेला अमेरिकाले जी–२० का विभिन्न बैठक सुरु गरेको छ। जी–२० को अध्यक्षता गरिरहेको अमेरिकाले सस्तो, भरपर्दो र सुरक्षित ऊर्जाको पहुँच विस्तारलाई प्रमुख प्राथमिकताका रूपमा अघि सारे पनि मध्यपूर्वमा जारी इरान युद्ध बैठकका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ।
अमेरिकाको टेक्सास राज्यको ह्युस्टनमा सोमबारदेखि सुरु भएको बैठक बुधबारसम्म चल्नेछ। तेल उत्पादनका लागि महत्वपूर्ण क्षेत्र मानिने ह्युस्टनमा हुने बैठकमा विश्वका प्रमुख अर्थतन्त्रका प्रतिनिधि सहभागी हुँदैछन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)