बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिलाई प्रधानमन्त्रीले भने- पुनःस्थापनाका लागि स्रोतको कमी हुँदैन
annapurnapost.com · Mon Sep 14 09:51:11 GMT 2026

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग सोमबार छलफल गर्दै उनले पुनःस्थापनाका लागि सरकारले आफूसँग भएको तथा दातृ निकायहरूले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताए।
प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूबाटै विपद्का बेला संघ, प्रदेश र स्थानीय तहबीचको तत्कालै समन्वय भएको कुरा सुन्न पाउँदा खुसी लागेको बताए। उनले जनप्रतिनिधिहरूलाई लक्षित गर्दै भने, 'यसअघि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुँदैन भन्ने सुन्दै आएका थियौं, तर यस विपद्मा हामी एकै ठाउँमा उभियौं, मिलेर काम गर्यौं।'
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)