चौरचन र तीज एकै दिन परेपछि मिथिलामा बढ्यो पर्वको रौनक
ratopati.com · Mon Sep 14 10:06:02 GMT 2026

धनुषा । कुम्हाले टोलमा बिहानको घाम चर्किँदै थियो तर धनुषाका क्षीरेश्वरनाथ नगरपालिका–४ हरैयाका रामप्रबोध पण्डितको हात रोकिएको थिएन । चाकामा राखिएको माटो घुमाउँदै उनले केही बेरमै एउटा सुन्दर माटाको भाँडो तयार पारे। छेउमै तयार भएका भाँडाको थुप्रो बढ्दै थियो ।
“अरू बेला त फुर्सद नै हुन्छ । चौरचनलगायतका चाडपर्व आएपछि भने माटोले पनि बोलाउन थाल्छ”, उनले मुस्कुराउँदै भने, “जति बनाए पनि माग पूरा गर्न गाह्रो भइरहेको छ ।” पर्व नजिकिएसँगै धनुषाका कुम्हाले परिवारलाई यति बेला भ्याइनभ्याइ छ । वर्षभरि माटाका भाँडा बनाएर जीविका चलाउन कठिन हुँदै गए पनि चौरचनजस्ता पर्वले उनीहरूको पुरानो पेसालाई केही दिनका लागि भए पनि फेरि चलायमान बनाइदिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)