असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान, कार्यतालिका सार्वजनिक
corporatenepal.com · Mon Sep 14 10:09:39 GMT 2026

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज ७ (सेप्टेम्बर २३) को साँझ ६ः१५ बजे पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका सार्वजनिक भएको छ । त्यस उपलक्ष्यमा नेपालको पर्यटकीय नगरी पोखरा विमानस्थलमा पानीको फोहरासहित फ्लाई दुबईको जहाज र यात्रुलाई स्वागत गरिनेछ ।
त्यहाँबाट आएका यात्रुको अवतरणपछि उक्त विमान पोखराबाट यात्रु लिएर साँझ ७ः१५ बजे दुबईका लागि उड्नेछ । फ्लाइ दुबईको एयर बस ३१९÷३२० ले पोखरा–दुबई उडान गर्ने विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)