ग्रामीण क्षेत्रमा खानेपानीको पहुँच पुर्याउँदै प्रदेश सरकार
khabarhub.com · Mon Sep 14 10:12:59 GMT 2026

काभ्रेपलाञ्चोक- बाग्मती प्रदेश सरकारले जिल्लाका ग्रामीण क्षेत्रमा खानेपानीको पुहँच विस्तार गरिरहेको छ । बागमती प्रदेश सरकार, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सिन्धुपाल्चोकले परियोजनामार्फत गएको एक वर्षमा एक हजारभन्दा बढी धारा जडान गरेको हो । कार्यालयले काभ्रेपलाञ्चोकमा मात्रै ५५ वटा खानेपानीका परियोजना सम्पन्न गरी चार हजारभन्दा बढी जनसङ्ख्यालाई स्वच्छ खानेपानीको पहुँच पुर्याएको छ ।
ती योजनाबाट जिल्लामा थप चार हजार ७२ नागरिक प्रत्यक्ष लाभान्वित भएको कार्यालय प्रमुख श्रृष्टि ख्वालापालाले जानकारी दिइन् । चालु आर्थिक वर्षमा भने बनेपा, धुलिखेल, बेथानचोक, महाभारत र तेमालमा नयाँ धारा जडानको योजना अघि बढाइने प्रक्रियामा रहेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)