एमाले पुनर्गठनको अन्तिम मस्यौदा बनाउन तीन नेतालाई जिम्मा, कार्यदल बैठक असोज १ सम्म स्थगित
nepallive.com · Mon Sep 14 10:15:05 GMT 2026

काठमाडौं– नेकपा एमालेको पुनर्गठनसम्बन्धी प्रस्तावलाई अन्तिम रूप दिने जिम्मेवारी तीन शीर्ष नेतालाई दिइएको छ। पुनर्गठन कार्यदलले दुई फरक मस्यौदामा आएका प्रस्ताव र सदस्यहरूले दिएको सुझाव समेटेर साझा दस्तावेज तयार गर्न तीन सदस्यीय सम्पादन टोली गठन गरेको हो।
काभ्रेको बल्थलीस्थित एक होटलमा बसेको कार्यदल बैठकले उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा सम्पादन टोली बनाएको हो। टोलीमा उपाध्यक्ष विष्णु पौडेल सदस्य तथा महासचिव शंकर पोखरेल सदस्य सचिव रहनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)