अदानचुलीका दुई बस्ती पहिरोको उच्च जोखिममा
ratopati.com · Fri May 29 15:34:54 GMT 2026

हुम्ला । अदानचुली गाउँपालिका-२ का दुई बस्ती पहिराको उच्च जोखिममा छन् । वर्षाको समयमा अदानचुली-२ को खलसेरा बस्ती र थपाली बस्ती पहिराको उच्च जोखिममा पर्ने गरेका हुन्।
करिब ५४ परिवार रहेको खलसेरा बस्तीको तलको भाग कटान भएको छ भने माथिल्लो भागसँगैको क्षेत्रको माटो फुस्रो भएकाले वर्षा लाग्ने वित्तिकै बस्ती बगाउँ छ की भन्ने त्रास हुने गरेको स्थानीय सुरेन्द्र बुढाले बताए। उनका अनुसार अरु समयमा बस्न योग्य भएको भए पनि वर्षाया सुरु हुने वित्तिकै कतिबेला घरसहित जमिन बगाउने हो भन्ने चिन्ताले सिँगो गाउँ त्रासमा बस्ने गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)