जलवायु अनुकूलनका अनुभव आदान–प्रदान गर्न मुख्यमन्त्री यादव मनिला प्रस्थान
gorkhapatraonline.com · Mon Sep 14 10:50:57 GMT 2026

मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादव जलवायु परिवर्तनका कारण प्रदेशले भोगिरहेको जोखिम, अनुकूलनका उपाय तथा सम्भावित लगानीका विषयमा अन्तर्राष्ट्रिय अनुभव आदान–प्रदान गर्न फिलिपिन्सको राजधानी मनिला प्रस्थान गर्नुभएको छ ।
नेपाल सरकार, मन्त्रिपरिषद्को भदौ २५ गतेको निर्णयअनुसार मुख्यमन्त्री यादवसँगै कृषि निर्देशनालयका निर्देशक जितेन्द्र यादव पनि मनिला जानुभएको छ । उहाँहरू सेप्टेम्बर १५ र १६ मा आयोजना हुने ‘थर्ड क्लाइमेट एडप्टेसन इन्भेस्टमेन्ट प्लानिङ फोरम–२०२६’ मा सहभागी हुनुहुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)