टाइम्सलाई थ्री बाई थ्री बास्केटबलको उपाधि
baahrakhari.com · Wed Feb 12 17:29:00 GMT 2025
काठमाडौं । टाइम्स ‘ए’ ले अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबीसी नेपाल बास्केटबल च्याम्पियनसिपको उपाधि उचालेको छ । बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा टाइम्स ‘ए’ ले राइभल पाकिस्तानलाई २१–१७ ले हराउँदै लगातार दोस्रोपटक उपाधि जित्यो ।
नेपाल बास्केटबल संघ र थ्री बाई थ्री नेपालको आयोजनामा सम्पन्न दोस्रो संस्करणमा टाइम्स ‘ए’ का सदिस प्रधान सर्वोत्कृष्ट खेलाडी घोषित भए । पहिलो सेमिफाइनलमा राइभल इन्डियालाई टाइम्स ‘ए’ ले २१–१३ ले हराएको थियो । दोस्रो सेमिफाइनलमा राइभल पाकिस्तानले आर्मी ‘बी’ लाई २१–१८ ले पराजित गर्दै उपाधिनजिक पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)