देउवा समूहले भन्यो– अदालतको फैसला नपर्खी एकलौटी रूपमा अगाडि बढ्नु उचित मान्न सकिन्न
ratopati.com · Mon Sep 14 11:02:20 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले अदालतमा विचाराधीन विषयलाई बेवास्ता गर्दै एकतर्फी रूपमा अगाडि बढ्नु उचित मान्न नसकिने बताएको छ । समूहले बनाएको महाधिवेशन आयोजक समितिका संयोजक डा.शशाङ्क कोइरालाले पार्टीभित्रको वर्तमान विवाद र जारी विवादित कार्यतालिकाप्रति असन्तुष्टि जनाउँदै त्यस्तो बताएका हुन् ।
मंगलबार सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गर्दै कोइरालाले पार्टी अहिले असहज र चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको उल्लेख गरे । पार्टीको वैधानिकता, लोकतान्त्रिक संस्कार र सङ्गठनात्मक एकता सङ्कटमा परेको भन्दै उनले नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)